दफा ७१
स्वीकृति नलिई सामूहिक लगानी योजनाको सञ्चालन गर्न नहुने
(१) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट स्वीकृति नलिई सामूहिक लगानी योजना सञ्चालन गर्न वा देहाय बमोजिमको कुनै काम गर्न गराउन हुँदैनः– (क) सामूहिक लगानी योजनामा सहभागी हुन आमन्त्रित गरी कुनै विज्ञापन गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो योजनामा सहभागी हुनका लागि कुनै पनि किसिमको जानकारी समावेश गरी प्रस्ताव राख्न, (ख) सामूहिक लगानी योजनामा सहभागी हुन कसैलाई राय, सल्लाह वा परामर्श दिन । (२) उपदफा (१) को उल्लंघन गर्नेले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।